कुनै पनि हालतमा माफी नमाग्ने बताउदै आएका धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ राईले अन्तत माफी मागेका छन् । राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका हुन्।
‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक विज्ञप्ति निकालेर भनेका छन्, ‘त्यसका लागि क्षमाप्रार्थी छु ।’
उनले कसैलाई ठेस पुर्याउन नियतवश स्टाटस नलेखेको समेत बताएका छन् ।
नगर प्रमुख राइले आफूले समानताको भावनाको साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति विसंगति बेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनविरुद्ध लामो समय अभियान चलाएको समेत बताएका छन् ।
आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति दिएपछि नष्रप्रमुख राइ आलोचित बनेका थिए । राष्ट्रिय दलित आयोगले प्रमुख राईलाई अभिव्यक्ति सच्याउन माग गरेको थियो । तर, नगरप्रमुख राइले कुनै पनि हालतमा माफी नमाग्ने बताउदै आएका थिए ।
प्रतिक्रिया