विद्यार्थीको रोजाई बन्दै एडुटेक कलेज

विहीबार, २८ असार २०८०
इटहरी । सुनसरीको इटहरी–९ स्थित एडुटेक कलेजले एसइई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी कक्षा ११ मा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न संकायका लागि भर्ना खुला गरेको कलेजले विद्यार्थीका लागि आकर्षक कार्यक्रम ल्याएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रकाश शर्माका अनुसार विज्ञान, व्यवस्थापन र मानविकी संकायका विभिन्न विषयमा भर्ना खुला गरिएको छ । विद्यार्थीका लागि ऐच्छिक छनोटमा सहज होस् भनेर कमर्स र कम्प्युटर विज्ञानका साथै बिजनेस विषय पनि राखिएको कलेजले जनाएको छ । यसैगरी होटल व्यवस्थापन विषय पनि अध्यापन भइरहेको शर्माको भनाइ छ । कक्षा ११ मा कानून विषय पढ्न चाहने विद्यार्थीका लागि पनि यही कलेजमा सुविधा उपलब्ध रहेको जनाइएको छ । २०७८ सालमा स्थापित यस कलेजमा विद्यार्थीको आकर्षण निरन्तर बढ्दो क्रममा छ । कक्षा ११ मा ४ सय ९६ जना विद्यार्थी छन् । यहाँ स्नातक तहको कार्यक्रम पनि सञ्चालन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गतको चार वर्षे बीबीएस (ब्याचलर इन बिजनेस स्टडिज) कार्यक्रम सञ्चालनमा रहेको छ । यो कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीको संख्या पहिलो वर्षमा ८० जना थियो भने दोस्रो वर्षमा ९५ जना गरी हाल जम्मा १ सय ७५ पुगेको छ । वातानुकूलित कक्षा कोठा, कम्प्युटर तथा विज्ञान प्रयोगशाला, सूचना प्रविधियुक्त पुस्तकालय र प्रोजेक्टरका माध्यमबाट गरिने प्रभावकारी शिक्षणले विद्यार्थीलाई सिकाइ प्रक्रियामा सहज हुने गरेको कलेज प्रशासनले लिएको छ । नियमित विषयगत अध्ययन बाहेक कलेजले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागिता गराउने गरेको छ । कलेजका प्रिन्सिपल सन्तोष दाहालका अनुसार अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिने गरिएको छ । पाठ्यक्रममा भएका कुराहरु मात्र नभइ त्यसबाहिरका विषयवस्तु र अतिरिक्त क्रियाकलापमा विद्यार्र्र्थीलाई जानकार बनाउनेतर्फ पनि मेहनत गर्ने गरिएको उनले बताए । विद्यार्थीलाई कलेज आउजाउ गर्न सहजताका लागि सवारी साधनको पर्याप्त व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको छ । फुटबल, भलिबल तथा क्रिकेट खेलका विभिन्न स्पर्धामा विद्यार्थीहरुलाई सहभागी गराउने गरिएको छ । खेलतर्फ दक्ष भएकैले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा कलेजका विद्यार्थीहरूले विभिन्न विधामा स्वर्ण पदकसमेत प्राप्त गरेका थिए । कला क्षेत्रमा रूचि भएका विद्यार्थीलाई लक्षित गरी कलेजले एडुटेक सिङ्गिङ आइडल र एडुटेक डान्स आइडल प्रतियोगिता आयोजना गर्दै आएको छ । गायन र नृत्य कलामा आफ्नो क्षमता प्रदर्शन गर्न चाहने विद्यार्थीका लागि यी प्रतियोगिता महत्वपूर्ण अवसरका रुपमा चिनिएका छन् । कलेजका अध्यक्ष चिरञ्जीवी तिम्सिनाका अनुसार प्रयोगात्मक शिक्षामा जोड दिँदै सीप तथा रोजगारमूलक जनशक्ति निर्माणमा ध्यान दिइएको छ । विद्यार्थीको व्यक्तित्व विकासका लागि ‘स्टुडेन्ट क्वालिटी सर्कल’ नामक कार्यक्रम पनि सञ्चालन गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विद्यार्थीहरूबीच अन्तरक्रिया गराई अनुभवको आदानप्रदान गराइन्छ । यसबाट आत्मविश्वास तथा स्वाबलम्बी दृष्टिकोण विस्तरा हुने कलेजको भनाइ छ । दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा आधुनिक शिक्षा पद्दतिबाट अध्यापन गराइने यो कलेजमा नैतिकता, आत्मानुशासन र मर्यादाजस्ता मानवीय गुण पनि विद्यार्थीलाई महत्वका साथ सिकाइन्छ । इटहरी चोकनजिक सञ्चालनमा रहेको यो कलेजमा विभिन्न कलेजमा उत्कट व्यवस्थापनका साथै अध्ययनको अनुभव भएका शिक्षक शिक्षिकाहरुबाट अध्यापन गराउने गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार