भानुजयन्तीमा विद्यार्थीहरुबीच कविता प्रतियोगिता

शुक्रबार, २९ असार २०८०
इटहरी । नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा इटहरी ६ स्थित मोडर्न प्रिपरेटोरी सेकेण्डरी बोर्डिङ स्कूलमा कविता प्रतियोगिता आयोजना गरिएको छ । यसै अवसरमा विद्यालयमा रहेको आर्ट एण्ड लिटरेचर क्लबले कविता प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका प्रतियोगी र अप्रतियोगी गरी ३० जनाभन्दा बढी विद्यार्थीहरुले कविता सुनाएका थिए । कार्यक्रममा शिक्षकहरुले पनि कविता प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रथम कक्षा ६ मा अध्यनरत छात्रा रूस्मिता खत्री, कक्षा १० का छात्र रेहान्त कार्की दोश्रो र कक्षा १० मा अध्यनरत छात्र उज्ज्वल निरौला तेश्रो भएका छन् । प्रधानाध्यकपक मणिकुमार पौडेलका अनुसार विद्यार्थीहरूलाई सिर्जनशील बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । पढाइसँगै विद्यार्थीलाई ज्ञान र सीप आवश्यक हुने भएकाले सिर्जनशील क्रियाकलापमा सहभागी गराउने गरिएको उनले बताए । कार्यक्रममा कवि एवं पत्रकार विवेक विवस रेग्मीले कविताले बाल मस्तिस्कमा सकारात्मक प्रभाव पार्ने बताउँदै बालबालिकामा उत्साह, अनुभव, सहभागिता र अभिव्यक्ति जस्ता महत्वपूर्ण सकारात्मक मनोवैज्ञानिक प्रभाव पर्ने बताए । ‘विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जीव वाग्लेले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न विद्यार्थीकै सक्रिय सहभागितामा नियमित रुपमा यस्ता कार्यक्रमको आयोजना गर्ने गरिएको सुनाए । कक्षागत र विषयगत सिकाईबाहेक पनि विद्यालयले रचनात्मक काममा पनि विद्यार्थीहरूलाई सहभागी गराउँदै आएको अध्यक्ष वाग्लेले बताए । विद्यालयमा मोडर्न बाल क्लब, आर्ट एण्ड लिटरेचर क्लब, ट्राभल एण्ड टुरिजम क्लब, इन्भारोमेंट एण्ड स्यानिटेसन क्लब, सोसल वेलफेयर क्लब, स्काउट र रेडक्रसमा आवद्ध विद्यार्थीहरुले नियमितरुपमा कार्यक्रमहरु आयोजना गर्ने गरेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार