झापा । भारतको गुहाटीस्थित आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि यो वर्ष १० करोड भारतीय रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
झापाको बिर्तामोडमा शुक्रवार पत्रकार सम्मेलन आयोजना गर्दै युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले छात्रवृत्ति घोषणा गरेका हुन् । युनिभर्सिटीले नेपाली विद्यार्थीलाई गत वर्षको तुलनामा दोब्बर छात्रवृत्ति दिन लागेको उनले बताए ।
गत वर्ष नेपाली रुपैयाँ आठ करोड रुपैयाँ बरावरको छात्रवृत्ति प्रदान गर्दै ७० जना विद्यार्थीलाई अध्ययनमा सहजीकरण गरेको युनिर्भसिटीले यो वर्ष १६ करोड रुपैयाँ बरावरको छात्रवृत्ति उपलब्ध गराउन लागेको लक्ष्मी एजुकेशनल कन्सलटेन्सीका सञ्चालकसमेत रहेका भट्टराईले बताए ।
युनिर्भसिटीमा गत वर्ष विभिन्न विषय अध्ययनका लागि ७० जना विद्यार्थी गएको र यो वर्ष २ सय विद्यार्थीले अवसर पाउने उनको भनाई छ ।
प्राविधिक विषयमा गुणस्तरीय र सुरक्षित मानिएको आसाम डाउन टाउनले नेपाली विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिएको छ । हरेक वर्ष छात्रवृत्ति दिँदै आएको युनिभर्सिटीले ७ देशका विद्यार्थीलाई पढाउने काम गरिरहेको भट्टराईले जानकारी दिए ।
उनका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन अवधिभर कुनै शुल्क तिर्नुपर्ने छैन । आवास र खानपानका लागि विद्यार्थीले रकम बुझाए हुनेछ । युनिभर्सिटीको मापदण्डमा पर्ने हरेक विधार्थीले छात्रवृत्ति पाउने बताइएको छ ।
होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक विषय अध्यापन भइरहेको डाउन टाउनमा नोपली विद्यार्थीको आकर्षण बढ्दो छ ।
प्रतिक्रिया