४ रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मूल्य

मंगलबार, १४ कार्तिक २०८०
झापा । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ४ रुपैयाँले घटाएको छ । बुधवार विहान १ वजेदेखि लागू हुनेगरी डिजेल र मट्टीतेलको मूल्य धटेको हो । भारतीय आयल कर्पोरेसन आईओसी बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’ आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार