विमल गुरुङ राष्ट्रिय कविता प्रतियोगितामा भीम विरही राईको ‘पहिला म मरूँ या मेरो देश’ कविता प्रथम

सोमबार, २० कार्तिक २०८०
धरान । विमल गुरुङ स्मृति पुस्तकालयले आयोजना गरेको ३२ औं राष्ट्रिय कविता महोत्सव २०८० एंवम कवि विमल गुरुङ कृति पुरस्कार २०७९ समर्पण समारोहमा सुनसरीका भीम विरही राई प्रथम भएका छन । उहाँले आफु फौजमा हुँदा देशको मायालाई सम्झेर लेखेका ‘पहिला म मरूँ या मेरो देश’ कविताका साथ प्रथम भएको छ । यसैगरी काठ्माण्डौकी एलिसा एकलासकोे ‘बेवारिसे प्रश्न’ कविताका साथ दोस्रो र दार्जिलिङकी सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ कविताको साथ तेस्रो भएको छ ।उनिहरुलाई क्रमशः २१ हजार, १८ हजार र १५ हजार नगद र प्रमाणपत्र सहित वरिष्ठ कवी साहित्यकार जसराज किरातीले प्रदान गरेका थिए । ७४ वटा कविता यस प्रतियोगिताका लागि प्राप्त भएकामा १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो । अन्तिम सिफारिस हुने कविहरूले धरानको बुद्ध चोकमा रहेको विमल स्मृति पुस्तकालयको सभाहलमा कविता वाचन गरिएको थियो । धरानका कवि विमल गुरुङको ५२ औ जन्म जयन्तीको अवसरमा कार्यक्रम आयोजना भएको थियो । राष्ट्रिय कविता प्रतियोगिताका लागि प्राप्त ७४ कवितामध्ये उत्कृष्ट १० कविताहरु अविनाश भट्टराईको ‘आवाजहरु ओ आवाजहरु’, अजित वियोगीको ‘म त्यहीँ छोडिएछु’, एलिसा एकलासको ‘बेवारिसे प्रश्न’, छविना लुङ्गेली मगरको ‘मजदुर’, निशान निष्कर्षको ‘स्वतन्त्रताको एउटा अध्याय’, भीम विरही राईको ‘पहिला म मरूँ या मेरो देश’, मौलश्री लिम्बूको ‘बुख्याँचा’, वीरेन्द्र ग्यावा तामाङको ‘इजार’, सन्ध्या सिङ्जाङ्गो सुब्बाको ‘अन्तिम लडाइँ’ र भोजराज श्रेष्ठको ‘यो साइनो कस्तो’ कविता छनोट भएको थियो । त्यसैगरी कवि विमल गुरुङ पुस्तकालयले प्रदान गर्दै आएको २ लाख रुपियाँको कवि विमल गुरुङ कृति पुरस्कार कवि चन्द्र गुरुङको कविता सङ्ग्रह ‘जब एउटा मान्छे हराउँछ’ र विजय बान्तवाको गद्य सङ्ग्रह ‘मित्याङ्सा’ लाई संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार २०७९’ प्रदान गरिएको थियो ।  दुवै जनालाई सम्मानपत्रसहित नगद राशी, ताम्रपत्र र दोसल्लाले वरिष्ठ कवी साहित्यकार जसराज किरातीले सम्मान गरेका थिए। विमल कृति पुरस्कारका लागि आह्वान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखकबाट १ सय १ कृति प्राप्त भएकोमा उत्कृष्ट २१ ओटा कृति छनौट गरिएको र सोही मध्येबाट उक्त दुई कृतिलाई पुरस्कारका लागि चयन गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार