प्रदेश १:सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित

विहीबार, २८ पुस २०७९
प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी रहेको थियो । उनलाई सत्त पक्ष तथा सत्ता बाहिरका दलको पनि समर्थन थियो । एकल उम्मेदवारी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन्  । माओवादी केन्द्रका  केन्द्रीय सदस्य समेत रहेका गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ । सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार