लोसपा सरकारमा सहभागी हुने

शनिबार, ३० पुस २०७९
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि सहभागी हुने भएको छ । यस विषयमा प्रधामन्त्री प्रचण्ड र लोसपाका अध्यक्ष महन्थ ठाकुरबिच पटक पटक कुराकानी भैसकेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतसमेत दिएको लोसपाले सरकारमा सहभागी हुनका लागि दुई वटा मन्त्रालय माग गरेको छ । तर लोसपालाई एउटा मन्त्रालय दिने सत्ता गठबन्धनको तयारी छ । सरकारमा जानुअघि लोसपाले सरकारसँग केही विषयमा सम्झौता समेत गर्न चाहेको छ । त्यसमा प्रधानमन्त्री प्रचण्ड तयार रहेको बताइन्छ । गठबन्धनमा मन्त्रालयको बारेमा टुङ्गो लागेपछि लोसपासँग सरकारले कुराकानी गर्ने बताइएको छ । लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले आफूहरु सरकारमा जान तयार रहेको तर त्यसका लागि सरकार पनि तयार हुनुपर्ने बताए । सरकारलाई विश्वासको मत दिने बेला पनि केही विषयमा कुराकानी भएको थियो । लोसपाले उठाउँदै आएका केही विषय न्यूनतम साझा कार्यक्रममा समावेश गरे पनि केही विषय सम्बोधन हुन बाँकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार