यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ । पोखराबाट काठमाडौंका लागि उडेको विमान दुर्घटना भएको कास्कीका एसपी अजय केसीले बताए ।
काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।
जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । र, निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी गराए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया