इलाम : इलामको रोङ गाउँपालिका ६ मा कला–साहित्य महोत्सव हुने भएको छ । इलामको चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा कला–साहित्य महोत्सव सञ्चालन हुने भएको हो ।
गाउँपालिकाको वडा नम्बर ६ ले माघ २७ देखि २९ सम्म महोत्सव आयोजना गर्न लागेको हो ।
कृषि र पर्यटनमा अब्बल रहेको सो वडा कला र संस्कृतिमा समेत अब्बल रहेका कारण सो कार्यक्रम तर भएको बताइएको छ । रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर महोत्सव सञ्चालन गरिने वडाध्यक्ष सत्यम राईले बताए ।
कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले कार्यक्रम तय भएको उनको भनाई छ । सो वडा देशकै लोपोन्मुख लेप्चा समुदायको बसोबास रहेको स्थान हो ।
महोत्सव आयोजनाका लागि नवीन तामाङको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । समिति सदस्यमा धिरेन सुन्दास र धनवीर राई छन् । झाँकी प्रदर्शनका लागि समेत उपसमिति गठन गरिएको ।
महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याब्रुङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने जनाइएको छ ।
प्रतिक्रिया