काठमाडौँ । बहु आयामिक व्यक्तित्व स्वर्गीय ललितजंग सिजापतिको जीवनीमा आधारित भएर लेखिएको पुस्तक ‘बहु आयामिक व्यक्तित्व ललितजंग सिजापति’ नामक पुस्तक बुधवार काठमाडौँमा एक समारोहका बिच लोकार्पण गरिएको छ ।
प्रा.डा गोेविन्दमानसिंह कार्कीद्वारा लिखित उक्त पुस्तक प्रमुख अतिथि एवं पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले लोकार्पण गरेका छन् ।
सोही कार्यक्रममा शताब्दी पुरुष डा.गौरीशङ्कर लाल दासलाई अभिनन्द गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा त्रिरत्न मानन्धर, बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठ, इतिहासविद् तथा प्राज्ञ दिनेशराज पन्त, प्राध्यापक हेमन्त शमशेर राणा, डा.राजाराम सुवेदी, डा.गोविन्दमान सिंह कार्की, साहित्यकारहरू राधेश्याम लेकाली, ओम श्रेष्ठ, कलाकार मदनदास श्रेष्ठ लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
स्वर्गीय ललितजंग सिजापतिकी कान्छी सुपुत्री श्रीमती अम्बिका सिजापति के।सिले समारोहको संयोजन गरेका थिए भने कार्यक्रमको सभापतित्व प्रा.डा उपरथी बच्चुराम केसिले गरेका थिए।
प्रतिक्रिया