बिपी प्रतिष्ठान र कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा टेलिमेडिसिन सेवा सुरु

शुक्रबार, २३ चैत्र २०८०
धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु भएको छ । विपी प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री माननीय प्रदीप कुमार सुनुवारज्यूले कार्यक्रमको उद्घाटन गरी कार्यक्रमको शुभारम्भ गरेका छन । कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको विपी प्रतिष्ठानको सह प्रवक्ता डा.अरुण कुमार सिंहले जानकारी दिए । उक्त टेलिमेडिसिन कार्यक्रम मार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरू सँग सम्पर्क स्थापित गर्न सक्ने उनले बताए । उद्घाटन कार्यक्रममा बिपी प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत् नारायण प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेशभरिका स्वास्थ्य संस्थाहरूमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताए । कोसी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक श्री ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताकोको चर्चा गर्दै स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरू सँग सहकार्य गरी  बढ्न चाहेको बताएको थियो। प्रतिष्ठान अन्तर्गत ई–हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमका फोकल पर्सन प्रा डा नरेन्द्र भट्टले कार्यक्रमको प्रभावकारिता र दिगोपनको सम्बन्धमा धारणा समेत उनले राखेका थियो । साथै टेलिमेडिसिन कार्यक्रमका मेडिकल को अर्डिनेटर डा.प्रमेन्द्र प्रसाद गुप्ताले प्रतिष्ठान अन्तर्गत सञ्चालित टेलिमेडिसिन कार्यक्रमले डिजिटल हेल्थको क्षेत्रमा नेपालमै अग्रणी भई गरेका कामहरू गरेको बताएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार