सुनसरीमा गोली प्रहार गरी पाँच लाख रुपैयाँ लुटेको घटनामा संलग्न दुई पक्राउ

सोमबार, २६ चैत्र २०८०
इटहरी - सुनसरीमा गोली प्रहार गरी पाँच लाख रुपैयाँ लुटेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले लुटपाटमा संलग्न सप्तरी हनुमान कंकालिनी ३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र सुनसरीको भोक्राहा–नरसिंह ४ का ३६ वर्षीय उमेश मुखियालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । उनीहरूको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद एक लाख दुई हजार रुपैयाँ समेत बराबद गरेको छ । गत बुधबार दिउँसो इनरुवा ९ स्थित नहरको डिलमा सुनसरी हरिनगर २ का ६१ वर्षीय साहिरा मियाँ र उनकी नाती आसिफ अन्सारी माथि गोली प्रहार गरी ५ लाख ३५ हजार रुपैयाँ लुटपाट भएको थियो । जग्गा बिक्री गरेर ५ लाख ३५ हजार रुपैयाँ लिएर घर फर्किरहेका उनीहरूको साथबाट लुटिएकोमध्ये एक लाख दुई हजार रुपैयाँ मात्र बरामद भएको सुुनसरी प्रहरीले जनाएको छ । लुटपाटमा प्रयोग भएको को प्र १–०२–०४५ प १६६८ नम्बरको मोटरसाइकलसहित उमेशलाई भोक्राहाबाट र र ईब्रानलाई सप्तरी, हनुमानगरबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार