इलाम : नेपाली काँग्रेसले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस इलामले प्रचार प्रसारलाई तीव्रता दिएको हो ।
आइतबार देउमाई नगरपालिकाका विभिन्न वडामा पुगेर इलामका शीर्ष नेताले मतदातासँग छलफलसमेत गरेका छन् ।
देउमाई नगरपालिकाको वडा नम्बर ८ जितपुरे बजार, वडा नम्बर ५ धुसेनी, वडा नम्बर २ साब्जुङ लगायतका वडामा भेटघाट तथा छलफल भएको हो ।
कार्यक्रममा क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्का, संविधान सभा सदस्य नगेन्द्र कुमाल, महासमिति सदस्य भेषराज आचार्य, क्षत्रिय सभापति डिकेन्द्र इदिङ्गो, कार्यवाहक पार्टी सभापति खगेन्द्र देवान लगायतका नेताले आगामी उपनिर्वाचनका उम्मेद्धार डम्बर खड्कालाई अध्याधिक बहुमतले विजयी गराउन जोड दिएका छन् ।
खड्काले लामो समयदेखि इलामको विकास र समाजसेवामा महत्त्वपूर्ण भूमिका खेलेको हुनाले खड्कालाई विजयी गराउन नेपाली काँग्रेस एकजुट भएको उनीहरूको भनाई थियो ।
यस अघि इलाम क्षेत्र नम्बर दुईमा एमाले उम्मेद्धारले लगातार जित्दै गए पनि विकासका कामले गति लिन नसकेको मतदाताको गुनासो रहँदै आएको छ । यस क्षेत्रबाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको मृत्यु भएपछि एमालेले पुन पहिलो पटक मतदान गर्न लागेका उनकै छोरा सुहाङलाई टिकट दिएको छ ।
यसमा एमाले कार्यकर्ताले नै विरोध जनाउँदै आएका छन् । वंशवाद भित्रियाएको भन्दै एमालेको समेत विरोध भइरहेको छ ।
प्रतिक्रिया