उम्मेदवारलाई चुनाव चिह्न प्रदान, कुन उम्मेद्धारले के चिन्ह पाए ?  

बुधबार, २८ चैत्र २०८०
इलाम / इलाममा आगामी बैशाख १५ गते हुने उप निर्वाचनका लागि चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन आयोगले इलाम क्षेत्र २ मा हुने उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको हो । दलहरूलाई दलकै चुनाव चिन्ह प्रदान गरेको छ । स्वतन्त्र उम्मेद्धारलाई भने विभिन्न चुनाव चिन्ह प्रदान गरिएको छ । चुनावका लागि जम्मा १२ दल दर्ता भएका छन् । अन्य सात जना स्वतन्त्र उम्मेद्धारले मनोनयन दर्ता गराएका छन् । पहिचान पक्षधरबाट स्वतन्त्र उम्मेदवार बनेका डकेन्द्रसिंह थेगिमलाई मुडा चुनाव चिह्न दिइएको छ । अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले महिला चुनाव चिह्न पाएका छन् । स्वतन्त्र उम्मेदवार राज बस्याललाई जुँगासहितको अनुहार चुनाव चिह्न प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार अर्जुन शाहीले डोजर, दीपेश बोहोराले सिरिन्ज, योगेन्द्र गुरुङले कैँची पाएका छन् । मनोज निरौलाले माछा चिह्न पाएको जनाइएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले उम्मेदवारले चुनाव चिह्न प्रदान गरेका हुन् । बैशाख १५ मा हुने उपनिर्वाचनका लागि यस क्षेत्रमा तीन दिन विद्यालय बन्द हुने जनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार