इलाम / इलाम इलामेली समाज दक्षिण कोरियाले इलाम जिल्ला १० वटै स्थानीय तहका ग्रामीण क्षेत्रमा ३० लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री सहयोगार्थ गत वर्ष सेक्टेम्बर ३० तारिकमा समाजद्वारा ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ कोरियामा आयोजना गरेको थियो ।
नेपाली कलाकारहरू कोरियामा लगेर साङ्गीतिक कार्यक्रमको गरेको यस कार्यक्रमबाट बचेको रकम जिल्लाको चार नगरपालिका र छ गाउँपालिका गरी जम्मा १० वटा स्थानीय तहमा सामाग्री पुर्याएको समाजका पूर्व अध्यक्ष दपर्ण गुरुङले बताए ।
२४ वटा स्वास्थ्य कार्यालयहरूमा एकै साथ सामाग्रीसहित समाजले प्रकाशन गरेको नयाँ वर्ष २०८१ सालको क्यालेन्डर पनि हस्तान्तरण गरिएको समाजका अध्यक्ष टिका थेगिमले जानकारी गराए ।
स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले समाजका प्रतिनिधिहरू मार्फत स्थानीय तहका सरोकारवालहरूलाई समान हस्तान्तरण गर्न चुलाचुली गाउँपालिकाको तोरीवारि, साक्फारा फुङनाममा चन्द्र बहादुर राई, माङ्सेबुङको लारुम्बा र गजुरमुखीमा नरेन्द्र कुमार राई र धड्कन सम्बाहाम्फे, फाकफोकथुमको फुएतप्पा, ठिंगेपुर, एकतप्पामा दीपक योङहाङ र मिलन सम्बाहाम्फे, रोङमा राजन चाम्लिङ, सूर्योदय नगरपालिकामा प्रेम रिजाललाई प्रतिनिधि खटाएको थियो ।
यसै गरी, माई नगरपालिकाको थाक्ले, साल बोटे,माई जोगमाईको सोयाङ र जोगमाई,सन्दकपुरको जमुना, माबु र फेमेगुरु इलाम नगरपालिकाको सुम्बेक, सॉंखेजुङ, बरबोटे र पिपलबोटे साथै देउमाई नगरपालिकाको चमैता, मैदाने र शान्तिडॉंडालगायत १५ स्थानलाई इलाम बजारबाट समाजका पूर्व अध्यक्ष दर्पण गुरुङ, वर्तमान कार्यसमिति सदस्य याम राई र मान बहादुर लिम्बु लगायतको टिमले वितरण गरेको जनाइएको छ ।
प्रतिक्रिया