ताप्लेजुङ / ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ फूलबारीका वडाध्यक्ष टेकिन्द्र सेन्दाङले एक आगलागी पीडित वडावासीलाई आफूले पाउने एक महिनाको सुविधा सहयोग स्वरूप दिएका छन् ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) मार्फत वडाध्यक्ष सेन्दाङले आगलागी पीडित फूलबारीका हर्कबहादुर थापालाई नगद १९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
गएको चैत १७ गते थापाको घर आगलागी भएर पूर्ण रूपले ध्वस्त भएको थियो ।
वडाध्यक्ष सेन्दाङले आगलागी पीडित थापाको घर निर्माण कार्य र परिवारको गाँस र वासमा सहयोग पुग्ने उद्देश्यले आफूले एक महिनाको सबै सुविधा आगलागी पीडितप्रति समर्पित गरेको बताए ।
उनले थप सहयोगका लागि आह्वान गर्दै वडा कार्यालयले त्यसका लागि सहजीकरण गर्ने समेत बताए ।
प्रतिक्रिया