हावाहुरीले विद्यालयको छानो तथा कम्प्युटर कक्षमा क्षति

विहीबार, २९ चैत्र २०८०
ताप्लेजुङ / ताप्लेजुङमा रहेको एक विद्यालयमा हावाहुरीले क्षति पुर्याएको छ । सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचा स्थित पाथीभरा आधारभूत विद्यालयको टिनको छानो उडाउँदा करिव ४ लाख मूल्य बराबरको क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गीलेका अनुसार हावाहुरीले विद्यालयको माथिल्लो तल्लाको टिनको छानो उडाउनुका साथै कम्प्युटर कोठाको पूर्वतर्फको वाल समेत भत्काएको छ । विद्यालयका प्रधानाध्यापक चन्द्रप्रकाश थापाले क्षति अस्थायी प्रहरी चौकी काँडेभञ्ज्याङलाई क्षतिबारे जानकारी गराएको बताए । सोही प्रहरी चौकीद्वारा क्षतिको प्रारम्भिक विवरण तयार पारिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार