इलाम / इलामको सूर्योदय नगरपालिकाको पर्यटकीय स्थलमा महोत्सव सुरु भएको छ । वैशाख एक गतेसम्म अन्तु महोत्सव सुरु भएको हो ।
आयोजक समितिका संयोजक तथा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने आशाले महोत्सव सञ्चालन गरिएको बताए ।
उनले धेरै पर्यटक आउने यस क्षेत्रमा थप पर्यटक भित्रियाउनका लागि महोत्सव सञ्चालन गरिएको जानकारी दिए ।
स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा ‘अन्तु पर्यटन महोत्सव २०८१’ को आयोजना गरिएको बताइएको छ ।
स्थानीय रैथाने उत्पादन र मौलिक संस्कृतिको प्रदर्शन गरेर आगन्तुकलाई चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उपप्रमुख बरालको भनाई छ ।
महोत्सवमा स्थायी विभिन्न जातजातिका खानाका परिकार, चिया, दूधका परिकार कृषि उत्पादन राखिने जनाइएको छ ।
सांिगतिक कार्यक्रम समेत सञ्चालन हुने छ ।
प्रतिक्रिया