इलाम क्षेत्र नम्बर २ मा ३० प्रतिशत मतदान, नक्कली मतपत्र सहित चार जना पक्राउ

शनिबार, १५ बैशाख २०८१
इलाम १५ वैशाख - इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ । बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ । यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेबाट सुहाङ नेम्बाङ, काङ्ग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिन लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन् भने ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेको छ ।     यता महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट प्रहरीले नक्कली मतपत्रसहित चार जनालाई पक्राउ गरेको छ। एक्जिट पोलका नाममा मतदान गरेर फर्किँदै गरेकाहरूलाई मतदान केन्द्रभित्र टेबल सेट अप गरी नक्कली मतदान गराएको पाइए पछि नियन्त्रणमा लिइएको इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले जानकारी दिए । निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थाहा पाएपछि सो समूहको कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार