शिक्षा क्षेत्रमा दलीयकरण अन्त्य भएको छ : प्रधानमन्त्री

शुक्रबार, २८ असार २०८१
काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रको दलीयकरण अन्त्य  भएको  बताएका छन् । शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले बैठकमा बोल्दै भने, ‘लामो समयसम्मको दलीयकरणले जताततै फोहोर  थुप्रिएको विश्वविद्यालयहरूमा अब सफाइ सुरू भएको छ भन्ने मेरो दाबी छ ।’ साथै उनले विश्वविद्यालयको सुधार उपकुलपति नियुक्तबाटै नै गरेको बताए । उनले  निकै छोटो समयमा त्यसको परिणाम पनि सकारात्मक आएको जिकिर  गरे । उनले भने, ‘विद्यालयमा शिक्षकहरूको दलीय संलग्नतालाई कम गर्ने कुनैपनि पदाधिकारी राजनीतिक हस्तक्षेप बिना योग्यता र उपयुक्तताका आधारमा चयन गर्ने मानक फेरी भत्काइयो भने देश र जनताका लागि ठुलो घात हुनेछ । ’ साथै उनले शिक्षालाई रोजगारीसँग जोड्न र सामूदायिक विद्यालयलाई सक्षम र सबल बनाउन अहिले भइरहेका प्रयासहरूलाई कसैले नबिथल्न आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार