धनकुटामा चट्याङ लागेर एक पुरुषको मृत्यु

विहीबार, १७ साउन २०८१
धनकुटा : धनकुटामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । बुधबार राति बर्षासँगै परेको चट्याङ लागेर पाख्रीबास नगरपालिका ६ स्थितमा एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय गणेशबहादुर कार्की रहेका छन् । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट घरमा सामान्य क्षति पुगेको छ भने विद्युतसमेत सर्ट भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार