सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु

विहीबार, १७ साउन २०८१
झापा / हल्दिबारी गाउँपालिका वडा नम्बर ५, सोडागान्धि चोक स्थित हुलाकी मार्गमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार दुई पुरुषलाई उपचारका लागि बिर्तामोड स्थित बी एण्ड सी अस्पताल पठाइएको थियो। चिकित्सकले उपचारको क्रममा ८ बजे दुबैजनालाई मृत घोषित गरेका छन्। मृतकहरूको पहिचान खुल्न सकेको छैन। पिकअप चालक, झापा भद्रपुर नगरपालिका वडा नम्बर २ निवासी ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ। सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार