धरान : धरानमा पाँच हजार असुल गर्दै यौन व्यवसाय सञ्चालन गरेको पाइएको छ । होटेलमा युवती राखेर यौन व्यवसाय सञ्चालन गरेको आरोपसहित प्रहरीले मङ्गलवार होटेल सञ्चालकसहित एक पुरुष र एक महिलालाई पक्राउ गरेको हो ।
धरान ८ मा स्थित सिटी होटेलमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिटी होटेल सञ्चालक पेमा ल्हामु शेर्पा र यौन क्रियाकलापमा संलग्न एक पुरुष र महिला रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार पक्राउ परेका पुरुष र महिलाको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गरिएको छैन ।
होटेल सञ्चालक शेर्पाले होटेलमा आउने पुरुषसँग पाँच हजार लिएर युवतीलाई यौन व्यवसायमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
धरानका होटेलमा आधा दर्जनभन्दा बढी युवती राखेर यौन व्यवसाय सञ्चालन हुने प्रहरीको अनुसन्धानबाट खुलेको छ । यद्यपि, प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया