काजाब्लांका क्यासेल्लो (बेल्जियम) : बेल्जियममा भएको स्थानीय तहको निर्वाचनमा दुई नेपाली मूलका उम्मेदवार निर्वाचित भएका छन्।बेल्जियमको राजनीतिमा उनीहरुको ऐतिहासिक जित हो।
तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन्।दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ।
स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भएका हुन्।
निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित हुनुभयो।ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गर्नुभएको छ।उहाँ सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएका हुन्।
कास्कीमा जन्मिएका सबैभन्दा कान्छी सदस्यका रुपमा निर्बाचित २५ बर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकीछन्।
आफ्नो बुवाको प्रेरणाबाट आफुलाई राजनीतिमा प्रवेश गर्न मन लागेको उनले बताइन्।उनका बुवा पूर्ण तिमिल्सिना नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमका निबर्तमान सभापति एबम नेपाल बिद्यार्थी संघ कास्कीका पूर्व सभापति हुन्।
बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो।गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो।गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा बिजयी भएका हुन्।
आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू बिजयी बनेपछी भने,“निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु।नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ।”
अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कडेल जितको नजिक पुगेर पराजित भएको गोरखापत्रमा समाचार छापिएको छ।
प्रतिक्रिया