प्रहरीको अनुसन्धानअनुसार बा १ झ ४६०५ नम्बरको कीर्ते अंकित भएको गाडीको च्यासिस नम्बर इइ१०००००९००० र इञ्जिन नम्बर २इ२८९४१५५ रहेको छ । तर, उक्त नम्बर भएका गाडीहरू कुनै कार्यालयका सरकारी गाडी नरहेको र यातायात नम्बरमा पनि नमिलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यसैगरी बा १ झ ५१२७ को कीर्ते नम्बर रहेको गाडीको च्याचिस नम्बर जे.डब्लु.बी.ए.ए बी १४२०३११००६ नम्बर र इञ्जिन नम्बर जीए १३६३०२४८ बी रहेको छ । उक्त गाडी पनि कहीँ दर्ता नभएको खुलेको छ । सो गाडीका चालक भने फरार रहेकाले प्रहरीले विशेष सुरक्षा समिति परिचालन गरी खोजी गरिरहेको छ ।
पक्राउ परेकामाथि भने लागूऔषध ऐन अन्तर्गत र मुलुकी अपराध संहिताको परिच्छेद २५ को दफा २७६ को उपदफा २ को (ख) बमोजिम सरकारी कीर्ते सम्बन्धी अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ । य
सैगरी सवारी साधनको कीर्ते नम्बर प्लेट लगाएको कसुरमा कारबाही तथा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया