उषा मृत्यु प्रकरण : धरानमा  मृतकको पक्षमा नाराबाजी

शुक्रबार, १६ मंसिर २०७९
धरानमा महिलाहरुले नारावाजी गरेका छन् । समूहमा आएका महिलाहरुको कुटपीटबाट मृत्यु भएकी धरान १३ की उषा राईको पक्षमा न्याय माग्दै धरानमा महिलाहरुले प्रदर्शन गरेका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका प्रहरी कार्यालय धरानअघि महिलाहरुले नाराबाजी गरेका हुन् । महिलाहरुले दोसीलाई पक्राउ गरि कारवाहीको माग गरेका छन् । प्रहरीले मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरेको छ । उनका श्रीमान् गोविन्द राईसहित कुटपिटमा सम्लग्न सबैलाई पक्राउ गरिनुपर्ने आन्दोलनकारी महिलाहरुको माग छ । उर्मिला राईको नेतृत्वमा गएर एउटा समूहले एकल महिला माथि कुटपिट गरेको आरोप छ । कुटपिट भएको भिडियो समेत सामाजिक सन्जालमा भाइरल भएको छ । स्थानीयका अनुसार मृतक उषामाथि आमा समूहको नाममा कात्तिक ३ गते महिलाहरुको एक समूहले कुटपिट भएको थियो । कुटपिटपछि घाइते उनलाई तत्काल बिपी प्रतिष्ठान धरान  पुर्‍याइएको थियो । उपचारपछि उषा ठिक भएको भन्दै डिस्चार्ज गरिएको थियो । तर, पुन उनको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछी  अस्वस्थ भई अस्पताल भर्ना भएकी उषाको हप्तादिनपछि मृत्यु भएको थियो । अहिले उनको शव बिपी प्रतिष्ठानको मर्चरीमा राखिएको छ । आरोपी पक्राउ नगरी पोस्टमार्टम नगर्ने परिवारले अडान लिंदै आएका छन् । आरोपीको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार