२००५ माघ ६ गते धनकुटाको चुङ्माङ ३ मा जन्मिएका न्यौपानेले जीवनका पाँच दशक प्राध्यापन पेसामा आबद्ध रहेर देशका विभिन्न क्याम्पसको क्याम्पस प्रमुख भएर काम गरेको अनुभव समेत बटुलेका छन् । न्यौपाने हाल विद्यावारिधिको शोध निर्देशकको रूपमा समेत कार्यरत रहेका छन् ।
सुनसरीको धरान १४ स्थित विजयपुरमा स्थायी बसोबास गर्दै आएका न्यौपानेले कृष्णप्रसाद भट्टराई (किसुन जी) सँग समेत जेल जीवन बिताएका छन् । २०५८ सालमा नै आठपहरिया राईहरूको भाषामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका न्यौपानेका दर्जनौँ कविता, गीत, निबन्ध, नाटक, समालोचना समेत रहेका छन् ।
जेल जीवनमै रहँदा लेखिएका खण्डकाव्यहरू किसुनजीलाई सुनाउने गरेको समेत उनी बताउँछन् । देशकै प्रतिष्ठित भाषाविद् समेत रहेका न्यौपाने भन्छन्, ‘म त आफूसँग भएको विद्या आफैसँग राख्नुभन्दा अरूहरूलाई बाँड्ने गर्दछु ।’
शैक्षिक उन्नयन तथा शिक्षाको सर्वाङ्गीण विकासका निम्ति अविराम रूपमा पु¥याएको भूमिकाको उच्च सम्मान गर्दै शिक्षा विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा कोशी एक्सिलेन्स अवार्डको आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
                        
प्रतिक्रिया