इटहरी : अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा इटहरीबाट गायन क्षेत्रमा उदाएकी गायिका गङ्गा बिस्टलाई सम्मान गरिएको छ ।
इटहरी स्थित बालग्राम टोल विकास समितिले आयोजना गरेको एक कार्यक्रममा गायिका बिस्टलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
गायन विद्या मार्फत समाज परिवर्तनमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै गायिका बिस्टलाई सम्मान गरिएको आयोजक संस्थाकी महिला उपसमिति संयोजक गीता निरौलाले बताइन ।
सम्मानित बिस्टलाई कोशी प्रदेशका माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा अन्य विभिन्न सामाजिक सङ्घ संस्था तथा व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो । सो क्रममा प्रमुख अतिथि रहेका आन्तरिक मामिला मन्त्री भण्डारीले महिलाहरू समान हिसाबमा अघि बढिसकेको कारण कसैको थिचोमिचो सहन नहुने बताए ।
उनले समाज परिवर्तनमा महिलाले खेलेको भूमिकालाई कसैले बिर्सन नसक्ने समेत दाबी गरेका छन् ।
प्रतिक्रिया