जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख भएको बेला २०७५ साल माघ १४ गते ‘शान्तिपुर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारीअन्तर्गत ‘दुर्व्यसनविरुद्द ‘फ्यान’ अभियानको अवधारणा तयार पारिएको थियो।अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १६ वटा माध्यमिक विद्यालयलाई समावेश गरिए पनि हालसम्म अभियान ७२ वटा विद्यालयमा विस्तार भइसकेको छ । अभियानको मूल उद्देश्य विद्यालयमा ‘फ्यान क्लब’ गठन गरेर विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतना फैलाउने र उनीहरूलाई सामाजिक अभियानमा जोड्ने हो । क्लबमार्फत विद्यार्थीलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै दुर्व्यसनको जोखिम न्यूनीकरण गर्न पहल गर्ने गरिएको डीआईजी अधिकारी बताउँछन् ।
आगामी दिनमा विद्यालयस्तरमा ‘फ्यान’ पुस्तकालय स्थापना गरी लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी प्रदान गर्ने, ‘फ्यान आलमुनी’ गठन गरी अभियानमा संलग्न विद्यार्थीहरूलाई संगठित गर्ने, ‘फ्यान मोनिटरिङ डेस्क’ स्थापना गरी अभियानको प्रभावकारिता सुनिश्चित गर्ने, ‘फ्यान हिरो’ घोषणा गरी दुर्व्यसनविरुद्ध उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने, दुर्व्यसन मुक्त विद्यालयहरूको ‘ग्रेडिङ’ प्रणालीअन्तर्गत उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र अभिभावकहरूलाई लक्षित गर्दै ‘दुर्व्यसनविरुद्ध आमाहरू’ अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ।‘फ्यान’ अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको भए पनि केही चुनौतीहरू समेत देखिएका छन्। कोभिड–१९ महामारीका कारण अभियानको प्रारम्भिक चरणमा निरन्तरता दिन कठिनाइ भएको थियो । आर्थिक स्रोत अभावका कारण कतिपय गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिएको छैन।
प्रतिक्रिया