इटहरी । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशीले शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन सगँ अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
पुनले कार्यक्रममा नेपालमा नवप्रवर्तन, अनुसन्धान, र प्रविधिको विकासमा गरेको योगदानको बारेमा युवा व्यवसायीहरूसँग आफ्ना अनुभव ब्यक्त गरेका छन ।
पुनले विशेषगरी वैज्ञानिक अनुसन्धान, प्रविधि विकास, र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि युवा उद्यमीहरूको भूमिकाबारे आफ्ना विचार ब्यक्त गरेका हुन् ।
महावीर पुनले नेपालमा नवप्रवर्तन र व्यवसायलाई कसरी समन्वय गरेर अघि बढाउन सकिन्छ भन्ने विषयमा सफलता प्राप्त गरेका अध्ययनहरुको उदाहरण दिँदै युवा उद्यमीहरूलाई नवीन सोच र चुनौतीहरूको सामना गर्ने प्रेरणा मिलेको मञ्चका अध्यक्ष मुनान रिजालले बताए ।
कार्यक्रमको अन्त्यमा, नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च कोशीले महावीर पुनलाई नेपालमा नवप्रवर्तन र व्यवसायको क्षेत्रमा दिएको अमूल्य योगदानको लागि विशेष धन्यवाद ज्ञापन गरेको थियो।
यस अन्तरक्रिया सत्रले युवा व्यवसायीहरूलाई नयाँ सोच, सीप र अवसरहरूको बारेमा थप ज्ञान प्रदान गरेको दाबी गर्दै र मञ्चले भविष्यमा यस्ता प्रभावकारी कार्यक्रमहरूको आयोजना गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया