काठमाडौँ : प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशलाई पाखा लगाउँदै मधेस प्रदेश प्रहरीले चुमेको छ ।
मुलपानी क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा मधेस प्रदेश प्रहरीले लुम्बिनी प्रदेशलाई १४ रनले पराजित गरेको हो ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरेका छन् ।
गत फागुन २७ गतेदेखि भएको प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सात वटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली सहभागी भएका थिए ।
प्रतियोगिता नेपाल प्रहरीको खेलकुद समितिले आयोजना गरेको हो ।
प्रतिक्रिया