मोरङका ३ परीक्षा केन्द्रबाट करिब २ सय नक्कली परीक्षार्थी पक्राउ

विहीबार, २३ चैत्र २०७९
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले जारी एसइई दिदै गरेका १ सय ९९ जना नक्कली विद्यार्थीलाई पक्राउ गरेको छ । बिहीबार सामाजिक शिक्षाको परिक्षा दिने क्रममा मोरङको विभिन्न विद्यालयबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए । दाहालका अनुसार पछिल्लोपटक केराबारी गाँउपालिकाको–७ मा नक्कली विद्यार्थीको संख्या बढेको हो। विहान ४० जना पक्राउ गरिएको भएपनि केराबारीस्थित सार्वजनिक माविमा नक्कली विद्यार्थीको संख्यामा ८७ जना थप पक्राउ परेका हुन्। प्रवक्ता दाहालका अनुसार सामाजिक शिक्षातर्फ परिक्षा दिने क्रममा सार्वजनिक माविमा १ सय २७ जना विद्यार्थीलाई पक्राउ गरिएको हो। २ सय ९८ जना विद्यार्थीले परिक्षा दिदै गर्दा करिब आधासंख्यामा १ सय २७ जनालाई प्र्रहरीले पक्राउ गरेको हो। त्यसैगरि, २ सय ९२ जना विद्यार्थीले परिक्षा दिदै गरेको ग्रामथान गाँउपालिकास्थित सरस्वती माविमा ५२ जना विद्यार्थी नक्कली फेला परेको प्रवक्ता दाहालले जानकारी दिए। सुन्दरहरैंचा नगरपालिकाको जनता मावि पचामा ३ सय ११ जना विद्यार्थी मध्ये २० जना नक्कली परिक्षार्थी रहेको उनले बताए । हाल पक्राउ परेकाहरुलाई अनुसन्धानमा राखिएको छ । बुधबार ग्रामथानकै सरस्वती माविमा खुल्लातर्फ विज्ञान विषयको परिक्षाका क्रममा धरानकी एक युवतीलाई नक्कली परिक्षार्थीको रुपमा पक्राउ गरिएको थियो । प्रवक्ता दाहालका अनुसार परिक्षा दिर्दै गर्दा ठूलो संंख्यामा नक्कली परिक्षार्थी पक्राउ परेका हुन्। प्रवेश परिक्षा पत्रमा सक्कली विद्यार्थीको फोटो निकालेर नक्कली विद्यार्थीको फोटो टासिएको अवस्थामा फेला परेको थियो । सोही क्रममा प्रहरीले शंका लागेर विद्यार्थीका आमाबुवाको नाम सोध्ने क्रममा जवाफ दिन नसकेको प्रहरीको भनाई छ । प्रवक्ता दाहालले नक्कली परिक्षार्थीका लागि गिरोह नै परिचालित हुनसंक्ने आशंकासहित प्रहरीले अनुसन्धान गर्दै आएको जानकारी दिए । बुधबार र बिहीबार गरि हालसम्म मोरङका विभिन्न परिक्षा केन्द्रबाट २ सय जना नक्कली परिक्षार्थी पक्राउ भइसकेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार