स्ववियु निर्वाचन : महेन्द्ररत्न क्याम्पसमा अनेरास्ववियु–नेविसंघको प्यानल विजयी

बुधबार, ०६ चैत्र २०८१
इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)को संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा (अनेरास्ववियु)का विशाल कार्कीसहित प्रत्यक्षतर्फको प्यानल विजयी भएका छन् । अध्यक्ष पदमा विशाल कार्कीले पाँच सय ४५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का शम्भु राईले तीन सय ४७ मत ल्याएका छन् । राई साझा प्यानलका उम्मेदवार थिए । निर्वाचन अधिकृत देवराज घिमिरेका अनुसार सचिवमा नेविसंघकी रेखा बेघा छ सय २१ मत ल्याएर विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी सविन चौहानको दुई सय ५८ मत आएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका सुनिल शङ्कर विजयी भए । उनले पाँच सय ९२ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी मनिष गजमेरले दुई सय ७३ मत ल्याएका छन् । सात सदस्यमा कुशल राई (६०२ मत), निशा भट्टराई (५१३ मत), विप्लव एक्तेन (५२० मत), मंगेश राई (५१७ मत), बिना बस्नेत (४६६ मत) र सुरेन्द्र गुरुङ (४८६ मत) विजयी भए । समानुपातिकतर्फ पनि नौ सय चार मत खसेकामा नेविसंघ पहिलो भएको छ । नेविसंघले तीन सय ३६ मत ल्याएको हो । उसले तीन सिट पाएको छ । अनेरास्ववियु (एमालेनिकट)ले दुई सय ७५ मतसहित तीन सिट पाएको छ । अखिल (क्रान्तिकारी)ले दुई सय मतसहित दुई सिट पाएको छ भने अनेरास्ववियू (नेकपा एसनिकट)ले ७८ मतसहित एक सिट पाएको छ । १५ मत बदर भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार