इटहरी : यस वर्षको माध्यमिक शिक्षा परीक्षा भोलिबाट सुरु हुँदै छ । भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा रहेको छ ।
परीक्षा सुरु हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षामा सहभागी हुने विद्यार्थीलाई सफलताको शुभकामना दिएका छन् ।
बुधवार एक भिडियो सन्देश जारी गर्दै ओलीले विद्यार्थीहरूलाई नआत्तिई परीक्षा दिन आग्रह गरेका हुन् । ‘अघिल्लो वर्ष अलिक नतिजा त्यति राम्रो भएन, यस पटक मैले तपाईँहरूसँग राम्रो नतिजाको अपेक्षा गरेको छु’, ओलीले भनेका छन् ।
पहिला–पहिला एसइईलाई फलामे ढोका भनिने भएकाले पनि त्यसले विद्यार्थीलाई त्रास बढाउने गरेको उनको भनाइ छ ।
‘तपाईँहरू परीक्षासँग नतर्सिनुस्, परीक्षा जीवनका कदम कदममा मोड मोडमा आइरहने चिज हो, धेरै परीक्षा उत्तीर्ण गरेर तपाईँहरू यहाँ आइपुग्नु भएको छ, भविष्यमा पनि तपाईँहरूले अनेक परीक्षा पार गर्नुपर्ने छ’, उनले भनेका छन् ।
प्रतिक्रिया