काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज विकासमा भाषा, कला र साहित्यको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै यसको संरक्षण एवं प्रवर्द्धनका ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् ।
मदन भण्डारी फाउण्डेशनद्वारा आज आयोजित कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन कार्यक्रममा उनले कविताले समाजको यर्थाथ चित्रण गर्ने बताएकी हुन् ।
कवि श्रेष्ठको ‘श्वेत शार्दूल एक यात्रा कविताको शिविर’ कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू पहिलो पटक एकल कविता वाचन कार्यक्रममा सहभागी हुन पाएको अनुभव व्यक्त गरिन् ।
“समाजलाई यर्थाथ कुरा जानकार गराउने विभिन्न माध्यम हुन्छन्, कविता एउटा यस्तो प्रभावशाली माध्यम हो, जसबाट एक छिनमा देश र संसारलाई बुझ्ने अवसर प्राप्त हुन्छ”, उनले भनिन् ।
कवि श्रेष्ठले नेपाली जनजीवनमा गर्न सक्ने काम आफूले लेखनमार्फत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया