धरान : धरान १६ स्थित सिटि मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टरको १२ औं वार्षिक उत्सव तथा दीक्षान्त समारोह स्थानीय याख्खा भवनमा भव्य रुपमा सम्पन्न भएको छ। सेन्टरका अध्यक्ष ज्ञान्दिप लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रममा धरान १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए।
समारोहमा विद्यार्थीका अभिभावकहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। अवसरमा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरूले विविध सांगीतिक प्रस्तुति तथा नृत्य प्रस्तुत गरेका थिए।
साथै, नर्सरीदेखि कक्षा २ र ३ सम्मका विद्यार्थीहरूले विज्ञान सम्बन्धी प्रयोगात्मक प्रदर्शनी समेत प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष भट्टराईले उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षान्त प्रदान गर्नुका साथै सेन्टरले प्रदान गर्दै आएको गुणस्तरीय शिक्षाको प्रशंसा गर्दै यसले अभिभावकमाझ सन्तुष्टि दिलाएको धारणा राखे।
उनले मन्टेश्वरी शिक्षाले प्रारम्भदेखि नै विद्यार्थीको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरे।
समारोहमा विशिष्ट अतिथिको रूपमा सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलन कुमार राई, बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलिप योगी र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सह-प्राध्यापक तुलाराम भण्डारीको उपस्थिति रहेको थियो।
समारोहमा सेन्टरकी निर्देशक ओमुकुमारी राईले प्रमुख अतिथि, विशिष्ट अतिथि, अभिभावक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलता प्रति आभार व्यक्त गरिन्।
कार्यक्रमको सञ्चालन शिक्षिका अञ्जना राई र सुविना मगरले संयोजन गरेकी थिइन्।
प्रतिक्रिया