इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० खनार चोक स्थित कोशी लोक मार्गमा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार दुई जना यात्रु घाइते भएका छन्। मङ्गलवार दिउँसो करिब १२ः४० बजेको समयमा दुर्घटना भएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ९९७१ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा पछाडि आइरहेको नम्बर नभएको ‘अन टेस्ट’ सिटी सफारीलाई ठक्कर दिएको थियो।
उक्त सिटी सफारीमा सवार इटहरी उपमहानगरपालिका–१३ निवासी ३० वर्षीया जसेबुङ खातुनको दुवै हात र खुट्टामा चोट लागेको थियो भने इटहरी–१७ निवासी ६७ वर्षीय हाजिम अलिम सेनको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई थप उपचारका लागि विराटनगरस्थित पारस हस्पिटलमा पठाइएको छ। हाल उनीहरू बोल्नसक्ने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न सिटी सफारीका चालक इटहरी–१८ निवासी १८ वर्षीय मोहम्मद सउदिन र ट्रकका चालक झापा दमक नगरपालिका–९ निवासी ३१ वर्षीय अनिल प्रचौलाई नियन्त्रणमा लिइएको छ।
दुर्घटनास्थलमा प्रहरी चौकी खनारबाट प्रवक्ता जालन्धर बरालको टोली खटिएको थियो। घटनास्थल खनार प्रहरी चौकीबाट झन्डै ३ किलोमिटर उत्तरतर्फ पर्छ।
प्रतिक्रिया