जबरजस्ती करणीको फरार अभियुक्त इलामबाट पक्राउ

शुक्रबार, १२ बैशाख २०८२

इलाम : इलाममा जबरजस्ती करणीको आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय इलामले मनोज भनिने बुद्धिराज लिम्बुलाई पक्राउ गरेको पुष्टि गरेको छ।

उनी इलाम नगरपालिका–१२ साङरुम्बाका स्थायी बासिन्दा हुन् भने हाल देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा ससुरालीमा बसोबास गर्दै आएका थिए।

२०७८ साल असार १८ गते एक २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा उनी फरार थिए। प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी मानबहादुर राईका अनुसार, विशेष प्रहरी टोलीले अनुसन्धान तथा खोजतलासका क्रममा लिम्बुलाई इलाम नगरपालिका–७ बाट लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका अभियुक्तलाई इलाम जिल्ला अदालतमा पेश गरी २०८२ साल वैशाख ११ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप गरिएको छ।

हाल उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार