आमाको मुख हेर्ने दिनमा स्मिता दाहालको ‘आमा’ गीत सार्वजनिक

आइतबार, १४ बैशाख २०८२

काठमाडौँ — आमाको मुख हेर्ने विशेष अवसर मातातीर्थ औँसीका दिन गायिका स्मिता दाहालको नयाँ भावनात्मक गीत ‘आमा’ आज सार्वजनिक गरिएको छ। आइतबार दिउँसो ३:१५ बजे युट्युबमार्फत सार्वजनिक भएको यो गीतले आमाको माया, सङ्घर्ष र समर्पणलाई सङ्गीतमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ।


गीतमा शब्द र सङ्गीत सिर्जना चेतन सापकोटाले गरेका छन् भने सङ्गीत संयोजन गोपाल रसाइलीले गरेका छन्। गीतको मिक्सिङ, मास्टरिङ र रेकर्डिङ श्याम बगडासले स्टुडियो डोरेमीमा सम्पन्न गरेका हुन्।


भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गरेका छन्। साथै, बाल कलाकार दीप्शिका श्रेष्ठको समेत सशक्त उपस्थिति देख्न सकिन्छ। भिडियोको छायाङ्कन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीले सम्हालेका छन्।


स्मिता दाहालले यस गीतमार्फत आमाको अतुलनीय योगदान र ममतालाई गहिरो भावनाका साथ उजागर गर्ने प्रयास गरेकी छन्। मातातीर्थ औँसीको अवसरमा सार्वजनिक गरिएको ‘आमा’ गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार