Thursday, November 30, 2023
Pradeskhabar
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य
No Result
View All Result
Pradeskhabar
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य
No Result
View All Result
Pradeskhabar
Home प्रदेश खबर काेसी

श्रमदानमा काम गर्ने मजदुर ४ दिनदेखि आइसियुमा, मेयर हर्क साम्पाङको बेवास्ता

बिमाको छैन अत्तोपत्तो 

प्रदेश खबर by प्रदेश खबर
प्रकाशित मिति : २०८० जेष्ठ ८, ९:५३ मध्यान्ह
in काेसी, ब्यानर समाचार, समाचार
श्रमदानमा काम गर्ने मजदुर ४ दिनदेखि आइसियुमा, मेयर हर्क साम्पाङको बेवास्ता
777
SHARES
Share on FacebookShare on TwitterShare on Whatsapp
ADVERTISEMENT

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अगुवाइमा धरानको निशाने खोलामा ट्याङ्की बनाउने मजदुर ४ दिनदेखि आइसियुमा उपचाररत छन् ।

शुक्रवार ट्याङ्कीको ढलान कार्य गर्दा गर्दै बेहोस भएका मजदुर धरान १३ का ५० वर्षीय जितबहादुर राई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसियु कक्षमा उपचाररत छन् । ३ महिना अघिदेखि मेयर राईको अभियानमा जोडिएका उनी ब्रिटिस वेलफेयरले खानेपानी ट्याङ्की बनाइदिने भएपछि उनी ज्याला मजदुरी गर्न पुगेका थिए । उनका भतिज सञ्जय राईका अनुसार ढलानको काम भइरहेको दिन कामको चाप बढी भएकोले आफ्नो काका काम गर्दा गर्दै बेहोस भएको बताएका छन् ।

घर मुलीका रूपमा रहेका उनी काम गर्दा गर्दै अस्पतालको आइसियु पुगेको कारण उनको ४ जनाको परिवार चल्न समेत गाह्रो भएको भतिजी नुनु राईले बताएकी छन् । राईको परिवारमा उनकी श्रीमती सहित २ छोरा छन् । एक छोरा अध्ययन गरिरहेका विद्यार्थी हुन् भने अर्का छोरा बेरोजगार छन् । अहिले उनको औषधि उपचारमा भतिजी नुनु राई खटिइरहेकी छन् । उनका अनुसार अहिलेसम्म काका जितबहादुर राईको उपचारमा २ लाख भन्दा बढी रकम खर्च भएको छ ।

ADVERTISEMENT

उनी भन्छिन् –‘काकाको उपचारको लागी २ लाख भन्दा बढी सकिइसक्यो, आफन्तबाट ऋण काढेर उपचार गरिरहेको छु । अहिले तीन दिनदेखि स्थिर रहेको काकाको स्वास्थ्य आजबाट केही सुधार भएको छ ।’ घर परिवारमा कमाइ गर्ने कोही नहुदा उपचारको लागि समस्या भएको उनी बताउछिन् । उनले भनिन् –‘काकाले सकुन्जेल मेयर सापको श्रमदान अभियानमा पनि श्रमदान गर्नुभयो, हातमुख जोर्न समस्या भएपछि सोही अभियानमा ज्याला मजदुरी गर्नुभयो, अहिले यो अवस्था भयो मेयर सापले पनि केही सहयोग गर्नुहुन्छ  कि भन्ने आशा छ, साथै मनकारी महानुभावहरूलाई सहयोगको लागी अनुरोध समेत गर्दछु ।’

‘अभियानमा काम गर्ने श्रमिकको बिमा पनि छ भन्छन् तर काकाले बिमा रकम नपाउने रे भनेको पनि सुन्दै छु । यो बारेमा मलाइ थाहा छैन ।’ मेयर हर्कराज राई, उनको श्रम अभियानका प्रोजेक्ट मेनेजर दत्त कुमार लिम्बू लगायत अभियानका कोही पनि अहिलेसम्म बिरामी भेट्न र बिरामीको अवस्था बुझ्न अस्पताल पुगेका छैनन् । उनका भतिज भन्छन् ‘अहिलेसम्म कोही आउनुभएको छैन, वेलफेयरका सुपरभाइजर चाही आउनुभयो ।’ राईलाई सहयोग गर्न उनको आफन्तको मोबाइल नं। ९८२४३२६९३५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।

Previous Post

चलचित्र पत्रकार संघ सुनसरीले तिन दिने चलचित्र पत्रकारिता कार्यशाला गर्ने

Next Post

नक्कली भुटानी शरणार्थी प्रकरण शीर्ष नेतामाथि अनुसन्धान गर्न माग

Related Posts

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, १०:११ मध्यान्ह
प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश
काेसी

प्रजातन्त्र सेनानी पूर्णानन्दका परिवारलाई राष्ट्रपतिको समवेदना सन्देश

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, १०:०३ मध्यान्ह
मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते
काेसी

मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:२४ मध्यान्ह
झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
काेसी

झापाको शिवसताक्षीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ९:०२ मध्यान्ह
माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण
अर्थ

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा वितरण

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ८:४० मध्यान्ह
संसदलाई प्रभावकारी र नतिजामुखी बनाउन मुख्यमन्त्री कार्कीको आग्रह
अर्थ

दूध उत्पादक कृषकका समस्या समाधान गरिने

by प्रदेश खबर
प्रकाशित मिति : २०८० मंसिर १४, ८:२९ मध्यान्ह

Discussion about this post

ADVERTISEMENT
ADVERTISEMENT

बढी पढिएकाे

  • राष्ट्रिय गौरवको आयोजना गुमाउँदै धरान

    राष्ट्रिय गौरवको आयोजना गुमाउँदै धरान

    8209 shares
    Share 3284 Tweet 2052
  • झापाका उत्कृष्ट १० संस्थागत विद्यालयहरु

    2929 shares
    Share 1172 Tweet 732
  • धरानमा दुई करोड ठगेर सपना राई फरार, ‘आकर्षक ब्याज’को लोभमा यसरी फसे सर्वसाधारण

    1932 shares
    Share 773 Tweet 483
  • अभिभावक र विद्यार्थीको ध्यान तान्दै इटहरीका विद्यालय

    893 shares
    Share 357 Tweet 223
  • श्रमदानमा काम गर्ने मजदुर ४ दिनदेखि आइसियुमा, मेयर हर्क साम्पाङको बेवास्ता

    777 shares
    Share 311 Tweet 194
  • विद्यालय गएका छोरा जब अस्पतालमा सिकिस्त भेटिए….

    692 shares
    Share 277 Tweet 173
  • अम्बे सहकारी इटहरीका अध्यक्ष फणीन्द्र मगर सहित चार सञ्चालक पक्राउ

    597 shares
    Share 239 Tweet 149
  • उत्कृष्ट विद्यालयतिर अभिभावक र विद्यार्थीको आकर्षण

    582 shares
    Share 233 Tweet 146
  • अख्तियारी नाघेर नगर प्रमुखले सोधे वडाध्यक्षलाई स्पष्टिकरण, आफैले स्थागित गरेको बैठकमा वडाध्यक्षलाई दोष

    574 shares
    Share 230 Tweet 144
  • यस कारण बलियो छ मुख्यमन्त्रीमा केदार कार्कीको दाबी

    552 shares
    Share 221 Tweet 138
ADVERTISEMENT

नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित

सम्पर्क

प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६

हाम्राे टिम

अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम

प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०

© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • प्रदेश खबर
    • काेसी
    • मधेश
    • गण्डकी
    • बागमती
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मुख्य खबर
  • राजनीति
  • निर्वाचन
  • विचार
  • मनाेरञ्जन
  • अर्थ
  • अन्य
    • खेलकुद
    • सफलताकाे कथा
    • शिक्षालय
    • मनाेरञ्जन
    • स्वास्थ्य/जीवनशैली
    • राेचक
    • विदेश
    • साहित्य

© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist