धरान : धरानमा खानेपानी महसुल वृद्धिविरुद्धको मुद्धामा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ ।
धरान वडा नं. १७ निवासी भीमबहादुर खड्काले नगर प्रमुख हर्क साम्पाङ, उपमहानगपालिकाको कार्यालय, धरान खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोग काठमाण्डौंलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।
उक्त रिटको सोमबार सुनुवाई गर्दे न्यायाधिश श्रीधराकुमारी पुरासैनीको इजलाशले निवेदकको माग वमोजिम आदेश जारी किन हुनु नपर्ने हो ? भन्दै विपक्षीहरुको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
बोर्डको उक्त निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै दायर भएको रिटमा उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो । निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी नगरी त्यस विषयमा दुवै पक्षलाई भदौ २ गते पेशी तोकेर अदालतले छलफलमा बोलाएको छ ।
विपक्षीहरुले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानुन बमोजिम प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश जारी गरेको छ । यस्तै, अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गराई निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै उक्त इजलाशले भदौ २ गते पेशी तोकेको हो ।
यो पनि – धरानमा खानेपानीको मूल्य वृद्धि फिर्ता, सात दिनभित्र बोर्डको आयव्यय सार्वजनिक गर्ने निर्णय
यो पनि– खानेपानी महसुल वृद्धिविरुद्ध दिनभर अशान्त बन्यो धरान
यो पनि – धरानमा खानेपानीको महसुल घटाउन माग गर्दै आन्दोलन, उपमहानगरको गेट तोडफोडसमेतको प्रयास
यो पनि – खानेपानी बोर्ड धरानको कार्यालयमा लगाइएको तालाबन्दी खोलियो
यो पनि – धरान खानेपानी बोर्डमा लगाइएको ताला खोल्न उच्च अदालतले दियो अल्पकालीन अन्तरिम आदेश
यो पनि – धरान खानेपानी बोर्डको कार्यालयमा तालाबन्दी, महसुल वृद्धिको विरोधमा दिनभर प्रदर्शन
Discussion about this post