मधेसको बजेट अधिवेशन जेठ २१ गतेदेखि

बुधबार, १४ जेठ २०८२

जनकपुरधाम : मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन यही जेठ २१ गतेदेखि सुरु हुने भएको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता शत्रुधन यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन आह्वानको जानकारी दिएका हुन्। विज्ञप्तिअनुसार जेठ ११ गते बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा अधिवेशन आह्वान गरिएको हो।

विज्ञप्तिमा उल्लेख छ, “प्रदेश प्रमुखबाट प्रदेश सरकार (मन्त्रिपरिषद्) को जेठ ११ गतेको बैठकबाट प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णयानुसार सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा ९१० अनुसार वि.सं. २०८२ साल जेठ २१ गते बुधबार दिउँसो १ बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार