चर्को गर्मीमा इग्नाइटको निःशुल्क चिसो पानी

शनिबार, ३१ जेठ २०८२

विराटनगर : इग्नाइट फाउण्डेशन विराटनगरले निःशुल्क रुपमा चिसो पानी वितरण सुरु गरेको छ । 

जिल्ला प्रशासन कार्यालय मोरङमा हालै दर्ता भई सञ्चालनमा आएको फाउण्डेसनले पहिलो कार्यक्रमका रुपमा बटुवाहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण सुरु गरेको हो । विराटनगरस्थित ट्राफिक चोकमा आयोजित कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी वितरण शुभारम्भ गरेका थिए ।

पहिलो दिन शनिबार फाउण्डेसनले सर्बत पानी र चिसो पानी वितरण गरेको अध्यक्ष आश्रेय कोइरालाले जानकारी दिए । ‘बढ्दो तापक्रमसँग लड्न पानी पिउनुहोस्, हाइड्रेटेड रहनुहोस्’ भन्ने नाराका साथ फाउण्डेसनले गर्मीभरि निःशुल्क शुद्ध जलसेवा प्रदान गर्ने अध्यक्ष कोइरालाको भनाइ थियो । 

कार्यक्रममा प्रजिअ यादवले इग्नाइट फाउण्डेसनले अत्यन्तै राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । युवाहरुमा समाजसेवाप्रतिको भाव प्रकट हुनु निकै खुसीको कुरा भएको यादवको भनाइ थियो । 

उनले इग्नाइट फाउण्डेसनमा आबद्ध युवाबाट समाजका अन्य युवाहरुले पनि प्रेरणा लिन सक्ने बताए । केही दिनदेखि विराटनगरसहित तराईमा अत्यधिक गर्मी बढेको छ । जसका कारण जनजीवन प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार