एसइई नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

बुधबार, ११ असार २०८२

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईका अनुसार, उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम पूरा भइसकेको छ भने अहिले प्राप्ताङ्क इन्ट्री र पुन जाँचको काम तीव्र गतिमा भइरहेको छ।

उनले भने, “हामीले असारको तेस्रो साताभित्र नतिजा प्रकाशित गर्ने लक्ष्य राखेका छौँ। यदि प्रविधिले साथ दियो र काम समयमै पूरा भयो भने नतिजा त्यसभन्दा अगावै पनि आउन सक्छ।”

उनका अनुसार कार्यालयका कर्मचारीहरू डबल सिफ्टमा काम गरिरहेका छन्। यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनेको थियो, तर गत चैत २० देखि वैशाख १७ गतेसम्म काठमाडौँमा शिक्षकहरूले गरेको आन्दोलनका कारण काम प्रभावित भएको हो।

गत चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार