काठमाडौँ : बाढीका कारण केरुङमा रोकिएका नेपाली भोलि तातोपानी नाकाबाट नेपाल फर्कने भएका छन् ।
गत असार २४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।
नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाबाट नेपाल फर्काउन लागिएको हो।
चीनमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार भोलि फर्कनेमा सवारी चालक र व्यवसायी र त्यहाँ घुम्न पुगेका मान्छे रहेका छन्। उनका अनुसार बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पु¥याएका नेपालीलाई चीनले तातोपानी नाकासम्म पु¥याउने छ ।
साथै बाढीका कारण पाङसिङमा रहेका १३३ जना सवारी चालक, व्यवसायी र घुम्न पुगेका नेपालीलाई पनि चीनले तातोपानीसम्म पु¥याइदिने छ। बाढीका कारण अवरुद्ध भएको स्याफ्रु–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण अर्को नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको हो ।
प्रतिक्रिया