मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
आज मोरङमा सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेश पदाधिकारीबाट ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले पत्रकारिता क्षेत्रमा महिलाको भूमिका सशक्त बनाउन प्रदेश सरकारले आवश्यक साथ र सहयोग गर्ने स्पष्ट प्रतिबद्धता जनाए।
उहाँले प्रदेश सरकारले उपलब्ध स्रोतसाधन भित्र रहेर पत्रकार महिलाको हितमा काम गर्न तयार रहेको जानकारी दिँदै सञ्चार पत्रकारिता प्रतिष्ठानमार्फत महिला पत्रकारहरूको सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने बताए ।
मुख्यमन्त्री कार्कीले लैङ्गिकमैत्री कानुन निर्माणका लागि सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै महिलालाई सञ्चार क्षेत्रमा प्राथमिकता दिइने नीति अवलम्बन गरिने धारणा राखे।
प्रतिक्रिया