इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

सोमबार, ०९ भदौ २०८२

काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ ।

गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ ।

मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार