देउवाले बोलाए पदाधिकारी बैठक

बुधबार, २२ असोज २०८२
File Photo

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको स्वरूप तय गर्न निर्णायक छलफलको तयारी गरेका छन्। यसका लागि उनले बिहीबार दिउँसो १ बजेका लागि पदाधिकारी बैठक बोलाएका छन्।

सहमहामन्त्री बद्री पाण्डेका अनुसार बैठक आइतबार (असोज २६) बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न आयोजित गरिएको हो। बैठक कहाँ बस्ने भन्ने विवरण भने खुलाइएको छैन।

बैठकको मुख्य एजेन्डा पार्टीको आगामी महाधिवेशन नियमित रूपमा गर्ने कि विशेष अधिवेशनका रूपमा गर्ने भन्ने निर्णयमा केन्द्रित हुने बताइएको छ। पछिल्ला केही महिनायता पार्टीभित्र संगठन विस्तारदेखि नेतृत्व व्यवस्थासम्मको बहस तीव्र बनेको छ।

त्यस्तै बैठकमा जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति र त्यसमा पार्टीको भूमिकाबारे पनि समीक्षा गरिने नेताहरूले बताएका छन्। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई कांग्रेसले औपचारिक रूपमा मूल्यांकन गर्न लागिरहेको यो पहिलो अवसर हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार