अभियान्ता निकोलस भुसाल सुधार केन्द्र पठाइए

विहीबार, २३ असोज २०८२

काठमाडौं : माइतीघर मण्डलामा बिहीबार दिउँसो प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेका अभियान्ता निकोलस भुसाललाई सुधार केन्द्र पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउपछि गरिएको मेडिकल परीक्षणमा भुसालले लागूऔषध (गाँजा) सेवन गरेको पुष्टि भएको हो ।

प्रहरीका अनुसार निकोलसलाई उनका दाजुको जिम्मा लगाएर सुधार केन्द्र पठाइएको छ ।

भुसालसहित प्रहरीले थप दुई जनालाई पनि बिहीबारै पक्राउ गरेको थियो । माइतीघर क्षेत्रमा उनीहरूले सरकारको नीतिविरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार